Logo
१६ असार २०८३, मंगलबार

सत्ता साझोदार दलका शीर्षको बैठक बालुवाटारमा

अक्षरपाटी
२०७९ फागुन २७ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाडौं २७ फागुन। सत्ता समीकरणमा रहेका ८ दलका शीर्ष नेताहरुको बैठक अहिले केहीबेरमा बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवारी मनोनयनको कार्यतालिका छ। निर्वाचन आयोगले राष्ट्रपति पुरुष उम्मेदवार जितेकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने भनेपछि दलहरु अलमलमा छन्।

नेपाली कांग्रेसले भने आयोगको धारणाप्रति असहमति जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )