Logo
१६ चैत्र २०८०, शुक्रबार

दोस्रो कार्यकाल पुरा गरेर घर फर्कँदै राष्ट्रपति भण्डारी

अक्षरपाटी
२०७९ फागुन २८ , आईतबार १०:०३ मा प्रकाशित

काठमाडौं २८ फागुन। दुई कार्यकाल जिम्मेवारीमा रहेकी राष्ट्रपतिको विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आज सकिँदैछ।

पहिलोपटक २०७२ साल कात्तिक ११ गते राष्ट्पति निर्वाचित भएकी भण्डारी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा राष्ट्रपति बनेकी थिइन्।

उनको दोस्रो कार्यकाल आज सकिँदैछ। फागुन २४ गते राष्ट्रपतिमा कांग्रेसका उम्मेदजवार रामचन्द्र पौडेदल निर्वाचित भइसकेका छन्।

राष्ट्रपति भण्डारीको पछिल्लो कार्यकाल विवादरहित भने हुन सकेन। केपी ओली नेतृत्वको सरकारले दुईदुईपटक संसद विघटन गर्दा उनले हतारमा साथ दिएको भन्दै आलोचना भएको थियो।

त्यस्तै नागरिकता विधेयक रोक्नेदेखि सवारीका क्रममा आम जनतालाई दुःख दिने मात्र होइन चिकित्सक कुटिनुपरेको घटनाले पनि राष्ट्रपति भण्डारीप्रति आमस्तरमा आक्रोस पोखिएको थियो।

जुन कुरालाई स्मरण गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले उम्मेदवारीका क्रममा आफू राष्ट्रपति बने सवारीका क्रममा जनताले दु:ख नपाउने प्रतिवद्धता नै गरेका थिए।

आज कार्यकाल सकिएसँगै राष्ट्रपति भण्डारी आफ्ने निजी निवास बुढानिलकण्ठ सर्ने भएकी हुन्। उनको बुढानिलकण्ठ २ चपलीमा रहेको घरको मर्ममसम्भार कार्य अन्तिम चरणमा छ।

राष्ट्रपति विद्यादेवी भण्डारी