Logo
३१ भदौ २०८२, मंगलबार

अर्थतन्त्र सकसमा छ तर आत्तिनुपर्ने अवस्था छैन : प्रधानमन्त्री

अक्षरपाटी
२०७९ फागुन २८ , आईतबार ०३:०३ मा प्रकाशित

काठमाडौं २८ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सकसमा रहे पनि आत्तिनुपर्ने अवस्था नभएको बताए।

उनले नेपालसँग १० महिनाभन्दा बढीका लागि वस्तु तथा सेवा आयात धान्ने मुद्रा सञ्चिती रहेको बताए।

उनले बैंकको ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिइसकेको समेत बताए। नेपाल निर्माण व्यवसायी महासंघको कार्यक्रममा बोल्दै दाहालले नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायलाई निर्देशन दिएको बताएका हुन्।

उनले मौद्रिक नीतिका कारण बैंको ब्याजदर बढेको भन्दै यसलाई कसरी एकल अंकमा ल्याउन सकिन्छ भन्ने विषयमा केन्द्रीय बैंक र सरोकारवाला निकायलाई निर्देशन दिएको जानकारी गराए।

पुष्पकमल दाहाल