Logo
१४ वैशाख २०८१, शुक्रबार

नेपालको उत्कृष्ट बलिङ संगै पपुवा न्यु गिनी ९५ रनमै समेटियो

अक्षरपाटी
२०७९ फागुन २९ , सोमबार १२:०३ मा प्रकाशित

काठमाण्डौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुर मैदानमा पपुवा न्यु गिनी पीएनजीसँगको खेलमा नेपाललेउत्कृष्ट बलिङ गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउले १८, चाल्स अमिनिले १६ र हिरि हिरिले १४ रन बनाए ।

अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, ललित नारायण राजवंशी र कुशल मल्लले २र२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले दुई खेल जित्नु पर्ने हुन्छ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लिएको छ ।

नेपालले आज पपुवा न्युगिनीलाई र आउँदो बिहीवार युएईलाई हराउन सके ४० अंकका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ ।