Logo
८ पुस २०८१, सोमबार

बुधबारदेखि झिनो अंकले घट्दै बैंकको ब्याजदर

अक्षरपाटी
२०७९ फागुन ३० , मंगलबार ०२:०३ मा प्रकाशित

काठमाडौं । भोलि बुधबारदेखि लागु हुनेगरी बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर घटाएका छन्।

चैतबाट कर्जा र निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय अनुसार ब्याजदर घटाइएको हो।

भोलि चैत १ देखि निक्षेपमा शून्य दशमल ४ प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम घर घटाउने बैंक तथा वित्तीय संस्थाले सूचनामार्फत जानकारी सार्वजनिक गरेका छन्।

हाल बैंकहरुले कर्जाका आधारमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन्। अब पाँच प्रतिशतसम्म दर तोकिने भएको हो। निक्षेपमा पनि साधारण बचतमा ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिइनेछ।

अब साधारण बचनमा ६.४२ देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको छ। मुद्दती निक्षेपको ब्याजदर भने घटाइएको छैन।