Logo
१६ चैत्र २०८०, शुक्रबार

एकपटक राष्ट्रपति र दुईपटक मात्रै प्रधानमन्त्री हुने व्यवस्था गरौँ : महामन्त्री शर्मा

अक्षरपाटी
२०७९ फागुन ३० , मंगलबार ०५:०३ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोस्रोपटक राष्ट्रपति हुन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

राजनीतिप्रति जनताको वितृष्णा फैलन नदिन एकपटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।

महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहो¥याएर बन्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने उनले बताए।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा बोल्दै सनले सांसद, मन्त्री भइसकेकाले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिनसक्ने व्यवस्था नीतिगत रुपमै भए त्यो झनै राम्रो हुने धारणा राखे।

‘राजनीतिमा रुपान्तरण भन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस्’, उनले भने,‘ दुईपटक प्रधानमन्त्रीको सपथग्रहण गरोस्। ३ पटक मन्त्री हुँदैगर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस्। ४ पटकसम्म सांसद बनोस्। पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस्।’

भ्यूटावर बनाउने योजना, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझ मात्रै भएको उनको भनाइ थियो।

उनले मुलुकलाई प्रतिफल दिनसक्ने आयोजनाहरुको छनौट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताए।

शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने धारणा राखे। उनले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्गलगायतका आयोजनाहको छनौट गर्न नहुने पनि पटकपटक दोहो¥याए।

उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्नसके यसले राजनीतिक रुपमा पनि आकर्षण गराउने उनको भनाइ थियो।