Logo
७ वैशाख २०८१, शुक्रबार

मेरै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छः प्रधानमन्त्री दाहाल

अक्षरपाटी
२०७९ फागुन ३० , मंगलबार ०५:०३ मा प्रकाशित

काठमाडौं ३० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने बताएका छन्।

उनले सो आयोग प्रधानमन्त्री अर्थात आफ्नै नेतृत्वमा बन्ने पनि बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीकै नेतृत्वमा आयोग गठन गरिने बताए।

‘प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले ढिला गर्नु हुँदैन’, प्रधानमन्त्री दाहालले भने,’कर्मचारी प्रशासन र जनअपेक्षाबीच ठूलो खाडल छ। बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्नेगरि आयोग गठनको तयारी गरिएको छ। आयोगमा विज्ञहरु रहने व्यवस्था गरिनेछ।’

बढी कर्मचारी कटौती
प्रधानमन्त्री दाहालले कर्मचारी प्रशासनमा बढी भएका कर्मचारी कटौती गरिने बताए।

‘ओभरस्टापिङको समस्या छ। डुल्बिलेकशनको समस्या छ। अनावश्यक संरचनाहरू छन्। तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ। आयोगले त्यसमा काम गर्छ’, उनले भने।