Logo
१६ चैत्र २०८०, शुक्रबार

उपराष्ट्रपति निर्वाचनका लागि आजबाट मौन अवधि

अक्षरपाटी
२०७९ चैत्र १ , बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं १ चैत । निर्वाचन आयोगले गए राति १२ बजेबाट मौन अवधि लागू गरेको छ।

चैत ३ गतेका लागि तय भएको उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि लागु गरिएको हो।

मतदानको दिनभन्दा ४८ घण्टा अगावै फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि लागु गरेको हो।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।

उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगले जनाएको छ।