Logo
१४ वैशाख २०८१, शुक्रबार

मलमा गरिएको अनुदान कटौतीको विरोध

अक्षरपाटी
२०७९ चैत्र १ , बुधबार ०३:०३ मा प्रकाशित

काठमाडौं । किसानले खरिद गर्ने मलमा सरकारले दिँदै आएको अनुदान कटौती गरिएकोमा विरोध सुरु भएको छ।

खेतीपाती गर्दा समयमै मल दिन नसकेको सरकारले त्यही मलमा पनि अनुदान कटौती गरेपछि विरोध सुरु भएको हो।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनुदान रकम घटाएको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो। राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले मलमा अनुदान कटौती गरेको विरोध गरेका हुन्।

सरकारले किसानलाई मलमा दिने अनुदानमा भारी कटौती गर्ने निर्णय गरेको थियो। अब किसानले प्रतिकेजी १४ रुपैयाँमा पाउने रासायनिक मल २५ रुपैयाँमा खरिद गर्नुपर्नेछ। त्यस्तै ४३ रुपैयाँमा पाउँदै आएको डिएपी मल ५० रुपैयाँ पुर्याइएको छ भने पोटासको किलोमा ९ रुपैयाँ बढाएर ४० पुर्याइएको छ।

रासायनिक मलको अनुदान कटौतीको निर्णय फिर्ता नलिए चरणवद्ध रुपमा कडा आन्दोलन गरिने संगठनले जनाएको छ।