Logo
१२ वैशाख २०८१, बुधबार

अब विदेशबाटै श्रम स्वीकृति, काम गर्दागर्दै नेपाल आउनु नपर्ने

अक्षरपाटी
२०७९ चैत्र १ , बुधबार ०७:०३ मा प्रकाशित

काठमाडौं १ चैत। अब वैदेशिक रोजगारीमा रहेका कामदारहरुले श्रमस्वीकृतिका लागि बीचमा नेपाल नआउनुपर्ने भएको छ।

सरकारले वैदेशिक रोजगारीका लागि दिँदै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सहज हुने भएको हो।

वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोपका लागि तोकिएको दुई वर्षे प्राब्धान बिहीबारबाट हटाइने भएको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री स्तरको निर्णयबाट उक्त प्रावधान हटाइएको हो। खाडी तथा मलेसियामा नेपाल सरकारले दुई वर्षे करारपत्रमा श्रम स्वीकृति जारी गर्दैै आएको थियो।

दुई वर्षे करारपत्र पूरा भएपछि पुनः श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो। अब सबै कामदारले आफूले काम गरिरहेको मुलुकबाट प्राप्त अनुमति–रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारमा नै अवधि तोकिने छ भने सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ।

दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचैमा नेपाल आउनु पर्ने बाध्यता थियो। मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु पर्ने छैन।