Logo
१३ वैशाख २०८१, बिहीबार

आईसीसी विश्वकप लिग टु अन्तर्गत आज अन्तिम खेल

अक्षरपाटी
२०७९ चैत्र २ , बिहीबार १०:०३ मा प्रकाशित

काठमाडौं २ चैत। आईसीसी विश्वकम क्रिकेट लिग टु अन्तर्गत आज अन्तिम खेल हुँदैछ।

अन्तिम खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा जारी छ। खेल हेर्नका लागि सामान्य खेलप्रेमीदेखि प्रधानमन्त्री सम्म टियु किकेट मैदान पुगेका छन्।

खेलप्रेमीहरुको भीडलाई व्यवस्थित गर्न प्रहरीले बल समेत प्रयोग गर्नुपरेको थियो।

आजकाे खेलमा जितकाे शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्,  ‘हामी आशावादी छौं, हाम्रो टिम उच्च मनोबलका साथ खेल्ने छ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्ने छ।’

आजको खेलमा नेपाली टोलीलाई जितका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्।

यतिबेला टियु क्रिकेट मैदान भरीभराउ भएको छ। नेपाली झन्डासहित खेल हेर्न पुगेका दर्शकहरु खेलाडीको मनोबल बढाइरहेका छन्।

आजको खेलमा विजयी भएमा नेपाल लिग टुको शीर्ष तीनमा अठाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुनेछ।