Logo
६ वैशाख २०८१, बिहीबार

इतिहास रच्दै नेपाल विश्वकप छनोटमा

अक्षरपाटी
२०७९ चैत्र २ , बिहीबार ०६:०३ मा प्रकाशित

काठमाडौं । नेपाल विश्वकप क्रिकेटको एकदिवसीय ग्लोबल छनोटमा पुगेको छ।

नेपाल पहिलोपटक इतिहास रच्दै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो।

खराब प्रकाशका कारण डक वर्थ लिविस विधिबाट युएइलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो। डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भएको हो।