Logo
१३ वैशाख २०८१, बिहीबार

रास्वपाले उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार ०१:०३ मा प्रकाशित

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।

‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिन्छ । हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं’, ती सांसदले भने ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।