Logo
१६ चैत्र २०८०, शुक्रबार

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार ०४:०३ मा प्रकाशित

काठमाडौं ।  रामसहाय यादव गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। यद्देपि औपचारिक घोषणा हुन बाँकी छ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो।

यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीको ममता झालाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदातामध्ये ८२९ जनाले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ छ।

उपराष्ट्रपति निर्वाचनमा ५३ सांसद अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश गरी ४२,नेमकिपाका ४ सांसदले मतदान गरेनन्।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।