Logo
१२ वैशाख २०८१, बुधबार

पत्रकार महासंघकै प्रतिनिधिसामु सभामुखले भने : पत्रकार बिक्रीमा छन

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं ३ चैत। शुक्रबार पत्रकार महासंघका प्रतिनिधि सभामुख देवराज घिमिरेलाई भेटन संसद सचिवालय पुगे।

आफूलाई भेट्न पुगको पत्रकार महासंघको प्रतिनिधिमण्डलसामु सभामुख घिमिरेले कुनै धक नमानी भने–‘यो देशमा पत्रकारहरु बिक्रीमा छन्।’

मुलुकको व्यवस्थापिका प्रमुखको तहबाट सो अमर्यादित अभिव्यक्ति मात्र दिइएन उनले ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालले गरेका छैनन’ भनेर दिएको लेक्चर महासंघको प्रतिनिधिभण्डलले सुन्नुप¥यो।

यति गम्भीर र अमर्यादित अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र निन्दा भयो। सभामुखले महासंघकै अगाडि भनेका थिए, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी भइरहेको छ। जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन्। अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु।’

आफ्नो यस्तो गम्भीर टिप्पणीलाई बाहिर नभन्न स्वयम सभामुख घिमिरेले महासंघको टोलीसँग आग्रह समेत गरेका थिए। ‘यो गम्भीर आरोप भन्न पनि हुँदैन तपाईंहरुले, किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि’ उनले भनेका थिए।

महासंघको टोलीले सभामुखसँग तस्बिर खिचाएर फर्किए पनि त्यसबेला कुनै प्रतिक्रिया दिएको बाहिरिएन।

सभामुखको अभिव्यक्तिको आलोचना भयो। महासंघले पनि यसको विरोध गरेको छ।

महासंघका महासचिव रोसन पुरीले भनेका छन्, ‘सम्माननीय पदमा बसेर बोल्नै नहुने कुरा बोल्नुभएको छ, स्वतन्त्र प्रेसमाथिको आक्षेप आपत्तिजनक छ। सक्नुहुन्छ भने तथ्यले पुष्टि गर्नुहोस्, नत्र माफी माग्नुपर्छ।’