Logo
१५ चैत्र २०८०, बिहीबार

सडक खाली गराउने परम्परा तोड्दै वसन्तपुर पुगे राष्ट्रपति पौडेल

अक्षरपाटी
२०७९ चैत्र ४ , शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं । विगतमा तामझामका साथ हुने राष्ट्रपतिको सवारीले आम सर्वसाधारण मात्रै सास्तीमा पर्दैन थिए, सहरको ट्राफिक व्यवस्था नै खलबलिन्थ्यो।

शनिरबार भने काठमाडौंमा फरक दृश्य देखियो। जुन सर्वसाधारणलाई पत्याउनै गाह्रो भयो। तीन, चार घन्टा अघिदेखि नै सडक खाली गराएर मात्रै शीतलनिवासबाट निस्कने राष्ट्रपतिको परम्परा तोड्दै राष्ट्रपति रामचन्द्र पौडेल वसन्तपुरका लागि निस्किए। कारकेड बिनानै वसन्तपुर देखेका राष्ट्रपति पौडेललाई देखेर सर्वसाधारण दंग परे।

सडकमा कुनै व्यवधान नपुर्याएरै राष्ट्रपति पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका हुन्।

आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शनपछि प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले अक्षरपाटीलाई बताए।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीलगायतले कुमारी घरमा स्वागत गरेका थिए।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन। पौडेलले कुमारी घरमा चियापान गरेर फर्किएका थिए।