Logo
१५ चैत्र २०८०, बिहीबार

ए डिभिजन लिगः मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा उक्लियो

अक्षरपाटी
२०७९ चैत्र ४ , शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब दोस्रो स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा आज भएको खेलमा मनाङले एपीएफलाई २–१ गोलले हराएको हो। खेलमा अग्रता भने एपीएफले लिएको थियो।

उसका लागि ३५ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गरे । पहिलो हाफमा एक शुन्यले पछि परेको मनाङ मर्स्याङ्दी
दोस्रो हाफमा एपीएफमाथि हावी भयो ।

५२ औं मिनेटमा कमल थापाले बराबरी गोल फर्काए । ७२औं मिनेटमा सेदजामोलको गोलमा मनाङले अग्रता लियो । त्यसपछि दुवै क्लबबाट गोल भएन र मनाङ मर्स्याङ्दी विजयी भयो ।

जितपछि मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको एपीएफ छैटौं स्थानमा छ ।

यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्स क्लबलाई हरायो । १–० ले पछि परेको अवस्थामा आर्मीले फ्रेन्ड्सलाई २–१ गोलले हराएको हो ।

खेलको पाँचौ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्डसलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा गिलेस्पे जङ कार्कीले बराबरी गोल फर्काए ।

इन्जुरी समयमा दीपक गुरुङले गोल गरेपछि आर्मी विजयी भयो । पाँच खेलबाट आर्मीले ८ अंक जोडेको छ । फ्रेन्ड्सको ४ अंक छ ।