Logo
१५ चैत्र २०८०, बिहीबार

विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

अक्षरपाटी
२०७९ चैत्र ५ , आईतबार ०२:०३ मा प्रकाशित

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन्।

निषेधाज्ञा तोड्दै प्रदर्शन भएपछिप्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज गर्नुका साथै अश्रग्यास प्रहार गरेको छ।प्रदर्शनकारीहरूले प्रहरीसँग भिड्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न त्यसतर्फ अगाडि बढेका छन्।

कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकासँगै प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

विभिन्न समूहले गर्ने विरोध, धर्ना, जुलुसका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले संवेदनशील स्थानमा निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।