Logo
११ वैशाख २०८१, मंगलबार

प्रधानमन्त्री दाहाललाई आज यी ११ दलले दिँदैछन् विश्वासमा मत

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौं ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदैछन्।

आजको प्रतिनिधिसभा बैठकमा दाहालले विश्वासको मत लिन लागेका हुन्।

पुस १० गते एमालेको मुख्य समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारबाट एमालेसहित राप्रपा विश्वासको मत फिर्ता लिँदै बाहिरिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको हुन।

नयाँ संविधान जारी भएपछि एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिने दाहाल पहिलो प्रधानमन्त्री हुन्।

दाहाललाई ११ दलले आज विश्वासमा मत दिने देखिएको छ। यसअघि १० दलीय समीकरणमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेपछि दाहाललाई समर्थन गर्ने दलको संख्या ११ पुगेको हो।

दाहाललाई आज नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासमा मत दिने भएको हो।

नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिनेमा देखिएका छन्।
पुस १० मा प्रधानमन्त्री बनेका दाहालले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए।

पुष्पकमल दाहाल