Logo
८ वैशाख २०८१, शनिबार

खानेपानी र सरसफाइका सबै मुद्दा समेटेर नयाँ नीति ल्याइँदै

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौं, ६ चैत्र । खानेपानी तथा सरसफाईका सबै मुद्दालाई समेटेर एक महिनाभित्रै ल्याइने भएको छ।

आइतबारदेखि राजधानीमा आयोजित ूबर्षातको पानी संकलनः खानेपानी सुरक्षण र जलवायु परिवर्तनका असरहरुको संबोधनू विषय दुई दिने राष्ट्रिय सम्मेलनमा खानेपानी मन्त्रालयका सचिव ई मणिराम गेलालले यसको जानकारी दिएका हुन्।

खानेपानी र सरसफाईका क्षेत्रमा विद्यमान सबै विषयलाई समेटेर सरकारले एक महिनाभित्र नयाँ नीति ल्याउन लागेको सचिव गेलालले बताए।

उनले भने, ुयसमा जलवायु परिवर्तन, बर्षातको पानी संकलन, भूमिगत पानीको उपयोग र सरसफाईका हाल देखिएका सबै समस्याहरुलाई संबोधन गरिने छ।ु

उनले यसै वर्ष खानेपानी तथा सरसफाई ऐन २०७९ आएको स्मरण गराउँदै ऐन अनुकूलको नियमावली छिट्टै आउने जानकारी समेत दिए।

सचिव गेलालले खानेपानी क्षेत्रका हालदेखिएका र भविष्यमा आउने सबै खाले चुनौतिको समाधान गर्न सरकार सबैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए।

खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास सोलुसन्स प्रालिद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको रुपमा एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा बिन्दुनाथ लोहनीले पानी सुरक्षित र पानी लचिलो हुन के गर्ने ? भन्ने विषयमा मन्तव्य दिए।

इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष हान हेज्नानले बर्षातको पानी अति मूल्यवान भएको बताए।

सम्मेलनमा स्वागत मन्तव्य प्रकट गर्दै स्मार्ट वास सोलुुसन्सका अध्यक्ष ई रामदीप साहले जलवायु परिवर्तनले बर्षातको प्रवृत्ति परिवर्तन भैरहेको लामो खडेरी हुँदा पहाड र हिमाली क्षेत्रमा पानीको मुहान सुकेर बसाई सर्नुपर्ने बाध्यता आइरहेको बताए।

उनले बर्षातको पानी संकलनलाई हरेकले घरमा, समुदायमा उपयोग गर्न सके पानीको अभावका कारण सिर्जित समस्या कम गर्न सकिने बताए।

विश्वपानी दिवस सप्ताहको अवसर पारेर आयोजित सो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री ई गणेश साहले पानीको समस्याबाट मुक्त हुनासाथ व्यक्ति, परिवार, समाज र राष्ट्र विकासका अन्य कार्यमा समर्पित हुन पाउने भएकोले पानीका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।

सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपाल विज्ञान प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्टका पूर्वउपकुलपति डा सुनिलबाबु श्रेष्ठले नेपाललाई पानीको संकटबाट मुक्त गर्न र पानीबाट आउने संकट न्यूनीकरण गर्न बर्षातको पानी संकलन अचुक उपाय भएको बताए।

सम्मेलनलाई सम्बोधन गर्दै वाटर एड नेपालका देशीय प्रतिनिधि तृप्ती राईले वर्षातको पानी संकलनलाई घरमा सोलार राखेजस्तै सरल ढंगले उपयोगमा ल्याउन सके हरेक परिवार पानीको संकटबाट मुक्त हुने बताइन्।

यो सम्मेलनको सहआयोजकमा उच्चस्तरीय वागमती सभ्यता संरक्षण तथा विकास समिति, नगर विकास कोष, इन्टरनेशनल रेनवाटर हाभेष्टिङ एलाएन्स, ग्लोबल पिस फाउण्डेशन नेपाल, दियालो टेक्नोलोजी प्रालि, बायोग्यास सपोर्ट प्रोग्राम र इन्भायरोमेन्ट एण्ड रिसोर्सेज म्यानेजमेण्ट कन्सल्टेन्सी रहेका छन्।

खानेपानी सरसफाइ