Logo
१५ चैत्र २०८०, बिहीबार

साफ यू-१७ : नेपाल-भारत भिड्दै

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०९:०३ मा प्रकाशित

काठमाडौं । १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा सोमबार (आज) नेपालले भारतको सामना गर्दैछ । ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्ने लागेको हो ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको योजनामा रहेको छ ।

भारत पनि जितबाट प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ ।

नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

नेपाली टोली :

गोलकिपरः सुजता तामाङ, राधिला ओली, करुण बुढाथोकी

डिफेन्डरः अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्डः दीपा रोकाया, वर्षा ओली, सेनु परियार