Logo
१३ वैशाख २०८१, बिहीबार

सत्ता सम्हालेको तीन महिनामै दोस्रोपटक विश्वासका मत लिँदै प्रधानमन्त्री

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०२:०३ मा प्रकाशित

काठमाडौं ६ चैत। यतिबेला संसद भवन नयाँ वानेश्वरमा प्रतिनिधिसभा बैठक जारी छ।

आजको प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिंदैछन्।

पुस १० गते एमाले, राप्रपा, रास्वपालगायतको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए।

नेकपा एमाले, रास्वपा विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि आज दाहालले पुनः विश्वासको मत लिन लागेका हुन्। दाहाललाई ११ दलले विश्वासको मत दिने निर्णय गरेका छन्।

एमाले, राप्रपाले भने विश्वासको मत नदिने बताइएको छ।

पुष्पकमल दाहाल संसद