Logo
२९ पुस २०८२, मंगलबार

चार दिनभित्रै सरकार विस्तार हुन्छ : प्रधानमन्त्री

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार १०:०३ मा प्रकाशित

काठमाडौं ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएलगत्तै चार दिनभित्र सरकार विस्तार हुने बताएका छन्।

उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बढीमा ४ दिन भित्र सरकारलाई पूर्णता दिने तयारीमा आफू रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिनका लागि समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानैबाट छलफल थाल्ने स्पस्ट पारे।

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब जनताका काममा केन्द्रित हुने पनि बताए।

पुष्पकमल दाहाल