Logo
१५ चैत्र २०८०, बिहीबार

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

अक्षरपाटी
२०७९ चैत्र ७ , मंगलबार ०९:०३ मा प्रकाशित

महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ ।

यसअघि चैत ८ गते निर्वाचन मिति तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए ।

“निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी सङ्गठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ”, उनले भने, “विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।”

उनका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन् । सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ मा तोकेको निर्वाचनमा अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ । चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पस छन् ।