Logo
८ वैशाख २०८१, शनिबार

पहिलोपटक सर्वसाधारणका लागि रानीपोखरी प्रवेश खुला

अक्षरपाटी
२०७९ चैत्र १० , शुक्रबार ०२:०३ मा प्रकाशित

काठमाडौं १० चैत। काठमाडौं महानगरपालिकाले पहिलोपटक सर्वसाधारणका लागि रानीपोखरी प्रवेश खुला गरेको छ।

बिहान ६ बजेदेखि साँझ ८ बजेसम्मका लागि प्रवेश खुला गरिएको हो। पुनः निर्माण भएपछि पहिलोपटक रानीपोखरी सर्वधारणका लागि खुला गरिएको हो।

कुनै अवरोध नआए वर्षका ३६५ दिन नै रानीपोखरी खुला गरिने महानगरको योजना छ।

विक्रम संवत २०७२ को भूकम्पपछि क्षति भएको ऐतिहासिक पोखरी पनुः निर्माण गरिएको थियो। भूकम्पका कारण पोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि क्षति भएको थियो ।

पुनः निर्माण गरी २०७७ साल कात्तिकमा उदघाटनपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले महानगरलाई हस्तान्तरण गरेको थियो।