Logo
८ वैशाख २०८१, शनिबार

घिमिरे दम्पती एनएसीसीको आजीवन सदस्य

अक्षरपाटी
२०७९ चैत्र ९ , बिहीबार ०१:०३ मा प्रकाशित

काठमाडौं। विगत लामो समयदेखि अमेरिकाको रिचमन्डमा बस्दै आएका पशुपति घिमिरे र उनकी धर्मपत्नी वर्षा घिमिरे नेपाली अमेरिकन सामुदायिक केन्द्रको आजीवन सदस्य बनेका छन्।

भर्जिनियामा बस्दै आएका घिमिरे दम्पतीले एक हजार डलर तिरेर केन्द्रको आजीवन सदस्यता ग्रहण गरेको केन्द्रले जनाएको छ।

उनीहरुबाट प्राप्त रकमले संस्थाको भवन निर्माण र सामाजिक कार्यमा सहयोग पुग्ने केन्द्रको अपेक्षा छ।

सपरिवार अमेरिकामा बस्दै आएका नेपालको मोरङ निवासी पशुपति घिमिरे एक समय पत्रकारितामा सक्रिय थिए। समाजसेवी, बौद्धिक व्यक्तित्व, सरल र मिजासिला स्वभावका लेखक, पत्रकारको छवी बनाएका घिमिरे सफल व्यवसायी हुन्।

घिमिरेकी धर्मपत्नी वर्षा पनि सामाजिक कार्यका निकै सक्रिय हुने पात्रका रुपमा चिनिन्छिन्। केन्द्रले उनीहरुको संस्थामा आगमनलाई स्वागत गर्दै प्रगतिको कामना गरेको छ। उनीहरुको साथले अमेरिकामा नेपाली मन्दीर बनाउन ठूलो सहयोग पुग्ने विश्वास केन्द्रको छ।

पछिल्लो समय केन्द्र अमेरिकामा धेरै नेपालीलाई एउटै छातामा जोडन सफल संस्थाका रुपमा स्थापित हुँदै गएको छ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र