Logo
७ वैशाख २०८१, शुक्रबार

रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरमा इसेवा

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार ०५:०३ मा प्रकाशित

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ्ग पार्टनरको रुपमा इसेवा जोडिएको छ।

डिजिटल अडिसन सकेर अब अडिसन सुरु गर्ने तयारीमा रहेको रियालिटी शोको भोटिङ्ग पार्टनरको रुपमा इसेवासंग सम्झौता भएको हो।

नेपालका ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्।

नेपालमा पहिलोपटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्।

दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए।