Logo
१३ वैशाख २०८१, बिहीबार

कांग्रेस : दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोह बनेको भन्दै अर्थशास्त्री स्वर्णिमले त्यागे पार्टी

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार ०७:०३ मा प्रकाशित

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले लामो समयदेखिको कांग्रेससंगको संलग्नता त्यागेको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको संलग्नता आजैका दिनदेखि टुटाएको सन्देश सार्वजनिक गरेका छन्।

५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुनुको कारण भने पार्टी अहिले दाई(भाउजु(साला(भतिजको अक्षम गिरोहमा परिणत हुनुलाई उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।’

तर पछिल्लो समय कांग्रेसभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनले बताएका छन्।

‘जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छु,’ उनले लेखेका छन्।

तर पार्टीभित्रको बेथितिका कारण पार्टी परित्याग गरे पनि यो निराशालाई आशा जगाउने उद्देश्यले लिन पनि उनले अपिल गरेका छन्।

‘अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’, उनले भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ुयो देश बन्छु भन्ने आशा जगाउने हो, बनाउने नै हो।’

उनको यो भनाइले वाग्ले आसन्न उप निर्वाचनमा तनहुँ १ बाट निर्वाचन लड्ने संकेत गरेका छन्। यसअघि वाग्लेलाई नेपाली कांग्रेसको तर्फबाट काठमाठौं ४ मा निर्वाचन लड्ने वातावरण बनाउँन पार्टी पदाधिकारीले नै पहल गरे पनि उच्च तहबाट अस्वीकार गरिएको चर्चा व्यापक बनेको थियो।

नेपाली कांग्रेस