Logo
६ पुस २०८१, शनिबार

अर्थसचिव राय भन्छन्– सरकारले लामो समय सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन

अक्षरपाटी
२०७९ चैत्र २६ , आईतबार ०८:०४ मा प्रकाशित

काठमाडौं। अर्थ मन्त्रालयका सचिव तोयम रायले अब लामो सयसम्म सरकारले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन्।

आइतबार आर्थिक पत्रकार संघको टोलीसँग कुरा गर्दै उनले लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च सरकारले धान्न नसक्ने बताएका हुन्।

उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिकले अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने पनि बताए। सरकारको अर्बौं रुपैयाँ बिना योगदान सामाजिक सुरक्षा भत्तामा लामो समयसम्म खर्च गर्न नसक्नेमा उनको जोड थियो।

सरकारले वार्षिक रुपमा करिब एक खर्ब रकम समाजिक सुरक्षा भत्तामा खर्च गरिरहेको जानकारी दिँदै उनले सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउनुपर्ने उनको धारणा थियो।

त्यसको सट्टा सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न जरुरी रहेको उनले बताए। त्यसो गर्न सके सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने पनि उनले बताए।

अहिले सरकारले जेष्ठ नागरिक, आपांगता भएका र एकल नागरिकलाई सुरक्षा भत्ता दिँदै आएको छ। जसले उनीहरुको सामान्य गर्जो टर्ने गरेको छ।

सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको बताए। उनले राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने भन्दै १७ सय किलोमिटर खुला सीमा रहेकाले १५ वर्षमा १८ प्रतिशतसम्म राजश्व चुहावट वृद्धि भएको सुनाए।

 

तोयम राय