Logo
८ पुस २०८१, सोमबार

बैंकहरुले घटाए निक्षेपको ब्याजदर, कर्जाको बैशाखमा

अक्षरपाटी
२०७९ चैत्र २९ , बुधबार ०१:०४ मा प्रकाशित

काठमाडौं। आज बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएका छन्।

निक्षेपको ब्याजदर एक खंकमा झार्ने निर्णय भएको संघले जनाएको छ।

बैशाख १ देखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ दशमलव ९९ प्रतिशत कायम गर्ने निर्णय संघले गरेको छ।

अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बैंकहरुले १ दशपमल शून्य १ प्रतिशत विन्दुले घटाउने निर्णय गरेका हुन्।

कर्जाको ब्याजदर भने घटाएका छैनन। अब माघदेखि चैतसम्म घटेको निक्षेपको ब्याजदरको आधारमा बेस रेट जति घट्छ सोही अनुपातमा वैशाख १ देखि कर्जाको ब्याजदर घट्ने छ।