Logo
२६ भदौ २०८३, शुक्रबार

गजल : तिम्रो छातीको सिरानी‍‍‍‍‍…

अक्षरपाटी
२०८० वैशाख १ , शुक्रबार १०:०४ मा प्रकाशित

० उषा जोशी

लाग्छ नजरसँग नजर जुधाएर गजल लेखुँ
तिम्रो ढुकढुकीको समीप आएर गजल लेखुँ

निश्चल निलो गगनमा रङ्गिएको इन्द्रेनी झैँ
तिम्रो प्रेमले जिन्दगी यो रङ्गाएर गजल लेखुँ

फक्रिएका फूल जस्तै मुस्कुराउँदै डालीमा
तिम्रो छातीको सिरानी बनाएर गजल लेखुँ

नियाल्दै त्यो आकाशमा मुस्कुराएको चाँदनी
तिम्रो हातले कलम यो समाएर गजल लेखुँ

नयाँ वर्षको आगमन सँगै मुस्कुराएका अधर हेर्न
तिम्रो पर्खाइमा दीपक खास जलाएर गजल लेखुँ

ट्रेन्डिङ ( साप्ताहिक )