Logo
२४ वैशाख २०८१, सोमबार

नयाँको ढोङ देखेर लाज पनि लजाइसक्यो : कांग्रेस नेता महर

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार ११:०४ मा प्रकाशित

तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेको आरोप लगाए।

नयाँ दलले पुराना दलप्रति भ्रम छर्न खोज्दा आफ्नै चरित्र उदाङ्‍गो भएको महरको भनाइ थियो।

सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेका गोविन्द भट्टराईको व्यास ९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुने बताए ।

‘कांग्रेसले लगाएको गुन भुलेर क्षणिक अवसरका लागि चुनावमा होमिएका उम्मेदवार पनि यही क्षेत्रमा छन्। अन्य राजनीतिक स्वार्थ बोकेका उम्मेदवार पनि यसै क्षेत्रमा छन्’, उनले भने, ‘तर, कांग्रेससँग जनताको हितमामात्रै काम गरेको इतिहास छ। पार्टीमा कुर्न पनि सक्नुपर्छ। गोविन्द भट्टराई जस्ता इमान्दार र ग्रास रुटमा रहेर काम गर्ने नेताको पालो अहिले आएको छ। उहाँलाई तनहुँ क्षेत्र नम्बर १ का जनताले जिताउनेमा म विश्वस्त छु।’

जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ १ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए।

डरलको खेती गरेका विदेशप्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तिभर पनि स्वभनीय नभएको उनले जिकिर गरे।

‘दिनकै काण्डै काण्ड आइरहेका जेलमा बस्नुपर्नेहरूले नाकै छोपेर इमानको ढोङ् फुक्न नछोडेको देख्दा लाज पनि लगाउने अवस्थामा पुगिसक्यो। अब उहाँहरूको भ्रममा जनता पर्ने छैनन्’, महरले भने, ‘लोकतन्त्र ल्याएको कांग्रेसले हो। दुवै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको कांग्रेसले हो। संविधान जारी भएको कांग्रेसकै नेतृत्वमा हो। त्यसैले जनताले भ्रामक कुरामा होइनमा गरेका काममा केन्द्रित हुनुपर्छ।’

तनहुँ–१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन्।

नैनसिंह महर