Logo
१५ वैशाख २०८१, शनिबार

उपनिर्वाचनका लागि सामग्रीसहित कर्मचारी मतदानस्थलमा

अक्षरपाटी
२०८० वैशाख ९ , शनिबार ०९:०४ मा प्रकाशित

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि सामग्री सहित कर्मचारी मतदानस्थतलमा पुगेका छन् । सामग्री पुगेसँगै मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । तीन वटै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका निर्वाचन आयोगले जनाएको छ ।

चितवन दुई हुने उपनिर्वाचनका लागि इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका थिए । यस्तै भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन् ।

्जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बताए ।

चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका छन् । जहाँ एक मतदान केन्द्रमा पाँच कर्मचारी खटाइएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् ।