Logo
१६ जेठ २०८०, मंगलबार

चीन र थाइल्याण्डका पर्यटक भित्र्याउने पहल

अक्षरपाटी
२०८० वैशाख १५ , शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौं। आईपीडीएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने भएको छ ।

थाइल्याण्ड र चीनका प्रतिनिधिमण्डल सँगको भेटमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन परियोजना विकास गरी छिमेकी देशहरु चीन र थाइल्यांण्डका कम्तीमा ३० लाख पर्यटकहरु नेपालमा भित्र्याउने बारे छलफल भएको हो

चीनको सांस्कृतिक पर्यटनको विकास र थाइल्यांडको धार्मिक तथा कृषि पर्यटनको विकासबाट नेपालले कस्ता पाठ सिकेर थप परियोजना विकास गर्ने भन्ने सम्वन्धमा आइपीडीएफ ग्लोबल र आईपीडीएफ थाइल्याण्ड च्याप्टर र आइपीडीएफ चिन च्याप्टरका प्रतिनिधिबीच सांस्कृतिक आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

वार्षिक कार्ययोजना निर्माण गरी कार्यक्रमहरु संचालन गर्ने गरी निर्णय समेत भएको छ।

कार्यक्रम आईपीडीएफ पर्यटन विभाग प्रमुख लाक्पाफुटी शेर्पाको संयोजकत्वमा सम्पन्न भएको थियो।