Logo
८ वैशाख २०८१, शनिबार

‘लभ पर्लाजस्तो छ’मा प्रियंका र नाजिर

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०१:०४ मा प्रकाशित

काठमाडौं। गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको स्वरमा रहेको गीत ‘लभ पर्ला जस्तो छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्स तथा मास्टरिगं किशोर थापाको छ।

छमछम नचाउने शैलीको लोकपप गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता नाजिर हुसेनको अभिनय छ।

गीतमा एक प्रेमील जोडीको प्रेम कथालाई निर्देशक दिनेश माङ्मु लिम्बुले भिडियोमा उतार्ने प्रयास गरेका छन्।

राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन्।