Logo
२२ जेठ २०८३, शुक्रबार

‘घुम्तीमा जुधेको आँखा’ सुनिल गिरीको गीतमा मिरुना र रोशन

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०५:०४ मा प्रकाशित

काठमाडौं। गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ।

गायक गिरीकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ।

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो। यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो।

रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो।

जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन्।

मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयंले गरेका हुन्।

गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो।

ट्रेन्डिङ ( साप्ताहिक )