Logo
२० वैशाख २०८१, बिहीबार

कांग्रेस नेता भण्डारी उपचारपछि आइतबार स्वदेश आउँदै

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार १०:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी लामो उपचारपछि आइतबार स्वदेश फर्कँदै छन्।

घरमा खाना पकाउने ग्यास विष्फोटपछि घाइते भएका भण्डारी उपचारका लागि भारतको मुम्बइ लगिएको थियो।

नेपाल वायुसेवा निगमको मुम्बई काठमाडौं नियमित उडानबाट उनी स्वदेश फर्कन लागेका हुन्।

स्वास्थ्यमा कर्मिक रुपमा सुधार आएकाले बाँकी उपचार नेपालमै गर्नेगरी उनी स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि थप उपचार गर्न भारतको बम्बै लगिएको थियो।