Logo
१३ असोज २०८३, मंगलबार

सेयर कारोबारमा दोहोरो अंकको गिरावट

अक्षरपाटी
२०८० वैशाख १७ , आईतबार ०३:०४ मा प्रकाशित

काठमाडौं। आज सेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ।

साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ११ अंकले घटेको हो।

आज नेप्से १,८७० दशमलव ६५ विन्दुमा झरेको छ। आज ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९५ अंकले घटेर ३५८ दशमलव १४ विन्दुमा झरेको छ।

आइतबार सेयर कारोबार रकम भने सुधार आएको छ। आइतबार दिनभरीमा २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )