Logo
६ जेठ २०८१, आईतबार

वृत्तचित्र ‘सहायक श्रीमान’ले कमायो सवा करोड

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाडौं। नेपालमा कुनै समय प्रचलित बहुपति प्रथामाथि निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंया सहयोग प्राप्त गरेको छ।

त्यस्तै वृत्तचित्र क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको छ।

गणेश पाण्डे निर्देशित को–हजबेण्डले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलरको फिल्म फण्डिङ जितेको हो।

को–हजबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जितेको पाण्डेले बताए।

मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्म प्रतिस्पर्धामा थिए। अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको उनले बताए।

अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए।

‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु’, उनले भने।