Logo
६ पुस २०८१, शनिबार

एमाले सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ !

अक्षरपाटी
२०८० वैशाख २१ , बिहीबार ०९:०५ मा प्रकाशित

भैरहवा। नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन्।

हिजो अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौँ आउँदै गरेका उनलाई एयरपोर्टमै समात्ने तयारी गरिएको थियो। सोही अनुसार उनी आज भैरहवाबाट पक्राउ परेकाे अपुष्ट समाचार प्राप्त भएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप पक्राउ परे रायमाझीलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको छ। तर सो चेक प्रयोग नगरेको रायमाझीले नै बताउँदै आएका छन्। रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो नै पक्राउ गरिसकेको छ।