Logo
२१ भदौ २०८३, आईतबार

‘के लत बस्यो’पछि पेलाको ‘हेर दिन ढल्यो’

अक्षरपाटी
२०८० वैशाख २२ , शुक्रबार ०७:०५ मा प्रकाशित

काठमाडौं। ‘के लत बस्यो’ गीतको चर्चा नसेलाउँदै गायक तथा संगीतकार तिलकसिंह पेला ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर आएका छन्।

बुद्धजयन्तीको अवसरमा गायक पेलाले कृष्णसिंह पेलाको शब्दमा नयाँ गीत बजारमा ल्याएका हुन्। आफ्नै युटुब च्यानल तिलकसिंह पेलामार्फत सार्वजनिक गरिएको गीतमा संगीत पनि आफै भरेका छन्।

गजल गीतको म्युजिक एरेन्ज रिदम कँडेलले गरेका हुन भने रेकर्डिङ्ग रजय गुरुङ्गले गरेका हुन्।

गीतको मिक्सिङ्ग महेश्वरमान राजभण्डारीले गरेका छन्सा भने रङ्गी धर्म गन्धर्व, तबला कुमार महाराज र बाँसुरी नगेन्द्र बिक्रम राईले गरेका छन्।

सुदूरपश्चिमको बैतडीमा जन्मिएका पेला दाजुभाइ मिलेर ०५३ सालमा कहानी बनेन केही ‘आँसु–१’ र ०५४ सालमा ‘आँसु–२’ आधुनिक गीति एल्बम बजारमा ल्याएर चर्चा बटुलेका थिए। त्यसको २३ वर्षपछि पेलाले ‘निर्जन किनार’ गीति एल्बम ल्याएका थिए।

हाल पेलाले काठमाडौंको वनस्थलीमा श्री कृष्ण गुरुकुल संङ्गीत पाठशालामार्फत संगीत प्रशिक्षण गरिरहेका छन्।