Logo
११ वैशाख २०८१, मंगलबार

सामाजिक सुरक्षा कटौती हुँदैन, बैंकको ब्याजदर घट्छ : अर्थमन्त्री महत

अक्षरपाटी
२०८० वैशाख २६ , मंगलबार ०२:०५ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षाका विषयलाई लिएर फैलिएको हल्ला निराधार भएको बताएका छन्।

राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महतले सामाजिक सुरक्षा भत्ता कटौती नहुने स्पष्ट पारे।

उनले भने, ‘अर्थमन्त्रीको हैसियतले मेरो र सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुनेछ। साधारण खर्च घटाइने छ। अनावश्यक संरचना घटाउने र पूँजीगत खर्च बढाउनेतर्फ हामी संवेदनशील भएर लागेका छौँ।’

सामाजिक सुरक्षाका विषयमा उठेका आशंकाहरु निराधार भएकोमा जोड दिँदै उनले भने, ‘हामी बोलिसकेका कुराबाट पछि हट्दैनौँ । पुँजीगत खर्च बढाएर बैंकको व्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउ सरकारको ध्यान केन्द्रित छ।’

एकै वर्षमा सबै भइहाल्न सम्भव नभए पनि अर्थतन्त्रमा सकारात्म सूचक आशालाग्दा हुने विश्वास उनले दिलाए। ‘गाढीको इन्जिन ठीक भएर मात्र हुँदैन, त्यसका लागि टायर ठिक हुनुपर्छ, ब्रेक ठीक हुनुपर्छ, सबै अंग र निकाय सही ढंगमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ’, अर्थमन्त्री महतले भने।

उनले हाम्रो संयन्त्रमा अन्तिममा आएर खर्च गर्ने सँस्कारलाई बदलेर आर्थिक वर्ष सुरु भएको डे वानदेखि नै खर्च गर्ने परिपाटीमा लैजाने तयारी सरकारको रहेको समेत बताए।

प्रकाशशरण महत