Logo
१५ वैशाख २०८१, शनिबार

नक्काली भुटानी शरणार्थी प्रकरणमा कोही उम्कन हुँदैन : ओली

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ०६:०५ मा प्रकाशित

काठमाडौं। नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन्।

ललितपुरको च्यासलस्थित एमालेको पार्टीका कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे कडा प्रतिरोध गर्ने बताए।

उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको समेत जिकिर गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोष नफसुन भनेर आफूले आग्रह गरेको समेत जानकारी दिए।

उनले अनुसन्धानलाई सहयोग गर्न पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेकोसमेत बताए। यद्यपि रायमाझीलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन।