Logo
१५ वैशाख २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी बनाउने सञ्जाललाई छोडिदैन : गृहमन्त्री श्रेष्ठ

अक्षरपाटी
२०८० वैशाख २८ , बिहीबार ०७:०५ मा प्रकाशित

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका बठाउने गिरोहको सबै सञ्जाल केलाउने काम भइरहेको बताएका छन्।

दोषी नउम्कने र निर्दोष नफस्ने गरी सरकार सुक्ष्म ढंगले गरोहको जालो केलाउन लागिरहेको बताएका हुन्। आज उनीसँग भेट गर्न आएका एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँग गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नपर्ने र दोषी नउम्कने प्रतिवद्धता जनाए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य ठगी मात्रै नभएर संगठित अपराध भएको बताए। उनले यो राज्यविरुद्धको अपराध भएको समेत बताए।

‘यो प्रकरण भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो। नागरिकलाई अनागरिक बनाउने यो राज्यविरुद्धकै अपराध हो’, उनले भने।