Logo
१४ भदौ २०८३, आईतबार

देशमा रोजगारी नपाएपछि विदेशिनेको लर्को, दिनकै २ हजारले लिन्छन श्रम स्वीकृति

अक्षरपाटी
२०८० वैशाख ३० , शनिबार ०५:०५ मा प्रकाशित

काठमाडौं। चुनावैपिच्छे दलहरुले गर्ने रोजगारी सिर्जनाका वाचा भाषणमै सिमित भइदिनु र भएको रोजगारी पनि कटौति हुन थालेपछि देश छोड्ने युवाको संख्या बढ्दै गएको छ।

यतिबेला हरेक दिन दुई हजार युवाले विदेशमा रोजगारीका लागि श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। गएको नौ महिनामा मात्रै ६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। त्यसमध्ये ५ लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार ४ सय ८९ महिला छन्।

वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी मलेसिया, साउनी अरेबिया, कतार र युएईका लागि श्रम स्वीकृति लिनेहरु छन्।
गत वर्षको सोही अवधिमा भन्दा श्रम स्वीकृति लिनेको संख्या ५१ दशमलव ५ प्रतिशतले बढेको हो।

पुनः श्रम स्वीकृति लिने पनि ५ दशमलव ५ प्रतिशतले बढेको विभागले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )