काठमाडौं। राष्ट्र बैंकले मुलुक आर्थिक मन्दितिर गएको तथ्य सार्वजनि गरेलगत्तै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट ठूलो आकारको ल्याउन नसकिने बताएका छन्।
आज काठमाडौैमा आयोजित एक कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटबारे छलफल र सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री महतले स्रोतको सीमिततका कारण विस्तारकारी र ठूलो बजेट ल्याउन नसकिने बताएका हुन्।
उनले राजश्वको न्यूनता सबैभन्दा ठूलो चुनौति देखिएको बताउँदै अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको बताए।
उनले आफू अर्थमन्त्रीका रुपमा आएपछि बाहिरबाट भन्दा भित्र झन धेरै समस्या देखेको बताउँदै सुधारका लागि इमान्दार प्रयास गर्ने बताए।