Logo
२६ वैशाख २०८१, बुधबार

लक्ष्मण श्री र मिलन नेवारको ‘म तिम्रै डल्ले हो’

अक्षरपाटी
२०८० वैशाख ३० , शनिबार १०:०५ मा प्रकाशित

काठमाडौं । गायक तथा कलाकार लक्ष्मण श्री र गायिका मिलन नेवारको स्वरमा नयाँ गीत ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

दर्जनौ कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री मोडल पनि हुन। डान्सिङ बिटमा रहेको गीत अहिलेको ट्रेन्ड अनुसारको बनेको छ।

एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको भिडियोलाइ ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन, कोरियोग्राफी तथा सम्पादन गरेका छन्।

छायाँकार पवन सुश्लीङले छयांकन गरेको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी, आश्मा बिश्वकर्मा मोडल स्मारिका ढकाललाई फिचर्ड गरिएको छ।