Logo
८ वैशाख २०८१, शनिबार

आरजुको नाम जोडर आएको अडियो झुटो हो : कांग्रेस प्रवक्ता महत

अक्षरपाटी
२०८० जेठ २ , मंगलबार १२:०५ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम जोडेर आएको अडियो फेक भएको बताए।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले प्रकरणलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै भने, ुहामी दोषीलाई कारबाही र निर्दोष नफसुनु भन्नेमा दृढ छौँ।ु

उनले आरजु राणाको नाम जोडेर आएको अडियो झुटो भएको बताउँदै भने, ुउहाँ (राणा) आफैले पनि सो अडियो फेक भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ। त्यसको सत्यतथ्य अझै बाहिर आएको छैन। यो आउनुपर्छ भनेर उहाँले हिजो पनि संसदमा बोल्नु भएको छ।ु

उनले सो प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान जारी रहेको बताउँदै छनबिनपछि केही न केही त अवश्य निष्कर्ष आउने बताए।

प्रकरणको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको जिकिर पनि महतले गरे। महामन्त्रीहरुले यसबारे कुनै फरक मत नराखेको र पार्टी निर्णयप्रति उहाँहरु प्रतिबद्ध रहेको दाबी उनले गरे।

तर महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतले यसबाले पार्टी स्पस्ट हुनुपर्ने, पार्टी जोगाउने वा भ्रष्टलाई भन्दै सार्वजनिक रुपमै धारणा सार्वजनिक गरिसकेका छन्।

डा प्रकाशशरण महत प्रकाशशरण महत