Logo
१६ चैत्र २०८०, शुक्रबार

अर्थ मन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष ब्रुक्सबीच भेट

अक्षरपाटी
२०८० जेठ ८ , सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं। अर्थ मन्त्री प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको छ। भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो।

एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा पूर्वतयारीका अवस्था बारे जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको हो।

भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे।

त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भैसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुबै पक्षबीच विस्तृत छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा अर्थमन्त्री महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्नसक्ने विश्वास व्यक्त गरे।

आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता समेत अर्थमन्त्री महतले जनाए।

महतले एमसीसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरे।

एमसीसी जोनाथन ब्रुक्स डीन आर थम्पसन प्रकाशशरण महत