Logo
१० साउन २०८३, आईतबार

साहुकी छोरी सार्वजनिक‘

अक्षरपाटी
२०८० जेठ १२ , शुक्रबार ०९:०५ मा प्रकाशित

काठमाडौं। ‘साहुकी छोरी’ गीतको भिडियो सार्वजनिक भएको छ।

गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो।

विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्‍यो नि म त लाहुरबाट सुरुवात गरेका थिए।

उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन्। विगतमा गरेका २ सोलो एल्बम ‘शीतल’, ‘अराइज’ हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम उडान पनि २ वर्ष अगाडि रिलिज गरेका थिए।

पोखरेलका दर्शक श्रोताले मन पराएका रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू हुन् ।

उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सङितिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन्।

‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ।

भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन्।

मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ।